arrow

स्थापना दिवस अवसरमा झापामा युनियन द्वारा प्रेस स्वतन्त्रता अन्तरक्रिया

logo
युवराज रेग्मी,
प्रकाशित २०८० जेठ १४ आइतबार
union-abhimukhi.JPG

गौरादह । नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा शनिवार प्रेस युनियन जिल्ला कार्यसमिति झापाले गौरादहमा शुभकामना तथा प्रेस स्वतन्त्रता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

३२ औँ स्थापना दिवसको अवसरमा युनियनले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेअनुरूप झापाको गौरादह नगरपालिकामा युनियनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । गौरादह नगरपालिकाको वडा नं १ को सभा हलमा आयोजित एक औपचारिक कार्यक्रममा केक काटेर आफ्नो ३२ औँ स्थापना दिवस मनाएको हो । 

साथै कार्यक्रमको अवसरमा युनियनले प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको थियो । अन्तरक्रिया कार्यक्रममा युनियनका जिल्ला कार्यसमिति सल्लाहकार राजेन्द्र गौतमले प्रेस विज्ञप्ति एवम् माइन्युट लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सहजीकरण गरेका थिए । 

युनियन झापा जिल्ला कार्यसमिति अध्यक्ष गिरिराज भट्टराईको सभापतित्व तथा युनियनका केन्द्रीय सचिव रेजिना गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गौरादह नगर उपसभापति मेघराज अधिकारी , गौरादह पूर्व नगरप्रमुख रोहित कुमार साह, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनिल कृष्ण प्रसाईँ लगायतले प्रेस स्वतन्त्रताको विषयमा आफ्नो धारणा राखेका थिए । 

प्रेस युनियन झापाका जिल्ला सदस्य विष्णु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम युनियनका जिल्ला सचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ