arrow

'राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न'

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं ।   राजतन्त्रात्मक प्रणाली ठिक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुन नहुने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले  यस्तो बताएका हुन् । 

“नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठिक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न', उनले जारी गरेको सन्देशमा भनिएको छ । 

उनले यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउने समेत उल्लेख  गरेका छन् ।  “यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ । गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरङ्कुश कालमा जनतामाथि भएका क्रूर दमन, जनताका अधिकारहरू माथिका बन्देज र हुकुम नै कानून हुने परिपाटी सही थियो भन्ने होइन । त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही साबित भएको किमार्थ होइन ।'

उनले भनेका छन्, “हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर गरेको सङ्घर्ष राज्य सञ्चालनमा रहेको वंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो । सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो ।'

अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्रमार्फत राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट ‘लोकतान्त्रिक व्यवस्थामा बेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्ने जस्ता मिथ्या प्रचार सुरु गरिएको उनका भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ