म मरिसकेपछि सालिक बनाउनु पर्दैन, मैले थाहा पाउने पनि होइन : ओली
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
1.6k
Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू मरिसकेपछि सालिक बनाउन नपर्ने बताएका छन् ।
आज राजधानीको एक कार्यक्रम अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउन आग्रह गरेका हुन् ।
उनले आपस मरिसकेपछि स्मृति दिवस मनाएर खर्च समेत नगर्न भनेका छन् ।
उनले भने,' मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दैन, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो ।'