एक सय उनासी कर्मचारी माग्यो कृषि विकास बैंकले [सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
1.9k
Shares
काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले चौथोदेखि नवौँतहसम्मका लागि १७९ जनाको पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
बैंकले सूचनामा आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ ।
मागिएकाहरुमा चौथो तहका सहायक लेखापालमा ७२, पाँचौं तह ऋण सहायकमा ६, पाँचौ तह व्यवसाय सहायकमा ३६ जना मागिएको छ ।
त्यस्तै छैटौँ तहको अधिकृत पदको कर्जा अधिकृतमा ९, इन्जिनियर आईटीमा १, कानून अधिकृतमा २, व्यवस्थापन सूचना पूणाली एमआईएसमा ३ तथा व्यवसाय अधिकृतमा ३८ जना माग गरिएको छ ।
सातौँ तह अधिकृतमा वरिष्ठ इन्जिनियर आईटीमा १ तथा वरिष्ठ लेखा अधिकृत (सीए) मा ६ जना मागिएको छ ।
आठौँ तह अधिकृतको शाखा प्रमुखमा ४ तथा नवौँ तहको अधिकृतको वरिष्ठ शाखा प्रमुखमा १ जना मागिएको छ ।