arrow

देउवा भन्छन् – मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
deuba-2080-02-20.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन् ।

शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे ।

उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारे । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ