arrow

किसानले घरमै निर्माण गरे मकै छोडाउने मेसिन

logo
युवराज रेग्मी,
प्रकाशित २०८० जेठ २१ आइतबार
makai-mechine.JPG

गौरादह । झापाको गौरादह नगरपालिकाका एक किसानले घरमै मकै छोडाउने मेसिन निर्माण गरेका छन् । गौरादह नगरपालिका वडा न. १ का स्थानीय गोविन्द विश्वकर्माले स्थानीय   कच्चा सामग्रीहरू प्रयोग गरेर घरेलु स्तरमै मकै छोडाउने मेसिन निर्माण गरेको बताए ।

मकै छोडाउनका लागि आवश्यक पर्ने उपकरणको अध्ययन गरेर घरेलु स्तरमा नै निर्माण गर्न सकिने सोच जागेपश्चात् स्थानीय स्तरमा उपलब्ध सामग्रीहरू संयोजन गरि आफुले उक्त मेसिन निर्माण गरेको विश्वकर्मा बताउँछन् । 

बजारमा धेरै किसिमका मकै छोडाउने मेसिनहरू प्रशस्त मात्रामा उपलब्ध भए पनि मुल्यको दृष्टिकोणले महँगो पर्ने देखिएर सोही प्रकृतिको मेसिन बजार मूल्य भन्दा कम लागतमा आफैले निर्माण  गरेको विश्वकर्माले बताए । विश्वकर्माले स्थानीय स्तरकै सामग्रीहरू प्रयोग गरेर १५ हजार रुपैयाँको लागतमा उक्त मेसिन निर्माण गरेको जनाए ।

"विश्वकर्माले निर्माण गरेको उक्त मेसिनले सहज, सरल र किफायती ढङ्गबाट मकै छोडाउन मिल्ने रहेछ " गौरादह नगरपालिका वडा न. २ का वडा सदस्य स्थानीय जनप्रतिनिधि शङ्कर कट्टेलले हाम्राकुरालाई बताए ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ