arrow

राप्तीसोनारी गाउँपालिकामा ‘गुनासो एप्लिकेशन’ 

logo
सौरभ गिरी,
प्रकाशित २०८० जेठ २६ शुक्रबार
raptisonari-application-2080.jpg

नेपालगञ्ज ।  राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो एप्लीकेशन’ शुरु गरेको छ । पालिकाले परीक्षणका रुपमा हेलो अध्यक्ष शिर्षकमा ‘गुनासो एप्लीकेशन’ शुरु गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जनाकारी दिएका छन्  ।

अध्यक्ष तप्त पौडेलले पालिकाको कामकारबाहीमा सबै जनताको पहुँच हुन सकोस् भन्ने उद्देश्यले ‘गुनासो एप्लिकेशन’ शुरु गरेको  बताए । 

‘राप्तीसोनारीका जनताले पालिकाप्रति केही गुनासो भए जहाँबाट पनि गुनासो गर्न मिल्ने र उनीहरुले हामीसँग सिधै कुराकानी गर्न सकून् भन्ने उद्देश्य हाम्रो हो,’ पौडेलले भने । 

पालिकाले शुरुआत गरेको ‘गुनासो एप्लिकेशन’ मा जनताले गुनासो दर्ता गर्न मिल्ने, पालिकासँग कुराकानी गर्न मिल्ने, अनुदानका क्षेत्रहरु थाहा पाउन सक्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । 

त्यस्तै  ‘गुनासो एप्लिकेशन’मा नागरिक बडापत्र पनि राख्ने तयारी रहेको राप्तीसोनारीले जनाएको छ । जसमा नेपाली, थारु र अवधि गरी ३ भाषामा नागरिक बडापत्र उल्लेख गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ