- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले ८० करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख रुपैयाँको बजेट ल्याएका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकास, कृषि, पर्यटनलाई प्राथमिकतामा राख्दै राप्तीसोनारी र नरैनापुरले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याएका हुन् ।
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभाको १३ औँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् ।
त्यसअघि अध्यक्ष तप्तबहादुर पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको थियो । १३औँ अधिवेशनको दोस्रो बैठक असार १७ गते बस्ने गरी स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।
यस्तै नरैनापुरको ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले १३औँ गाउँसभामा प्रस्तुत गरे ।
त्यसअघि गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम र बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालले बताए ।