- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राप्ती । राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ ।
जङ्गलमा बाख्रा चराउन गएका छ जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो ।
उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत छन्।