arrow

राप्तीसोनारीका अध्यक्ष पौडेल भन्छन् – संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको जिम्मेवारी हो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
raptisonari-bhasa-sanskrit-2080-03-06.jpg

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा भाषा र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभ्य समाज नेपाल बाँकेको आयोजना, राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा जिम्मेवार समाज नेपाल र जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको समन्वयमा भएको कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कला र संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको जिम्मेवारी भएको बताउँदै संस्कृतिमाथिको अतिक्रमण रोक्नुपर्ने र भाषा कला र संस्कृतिको जगर्ना गर्न आफू प्रतिबद्ध भएको बताए ।

कार्यक्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुले कला संस्कृतिको सम्मान गर्नुपर्ने बताउँदै मौलिक संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय भाषा र कलाको संरक्षणले विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताए ।

 कार्यक्रममा सरोकारवालाहरुले स्थानीय भाषा र कलाको संरक्षण गर्ने विषयमा छलफल गरेका थिए । कार्यक्रममा महिला पञ्चेबाजा संरक्षण समिति राप्तीसोनारी ८ का महिलाहरुको प्रस्तुति, मुक्त कम्लहरी मञ्च बाँकेको थारु नृत्य तथा चिल्डेन प्याराडाइजका छात्राहरुको सांगीतिक प्रस्तुति रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

सभ्य समाजका अध्यक्ष सूर्यलाल यादवको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, पूर्व उपाध्यक्ष धनीकुमारी खत्री, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र राप्तीसोनारी ५ का अध्यक्ष तारा वली, पूर्व कम्लहरीहरु, स्थानीय समाजसेवी, बुद्धिजवी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।



नयाँ