arrow

चीनमा दुई करोड कार प्रयोगमा, ट्राफिक समस्या बढ्दो

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
china-car.jpeg
बेइजिङ । सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ । 
 
चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात दुई करोड ८० लाखमध्ये कारको सङ्ख्या एक करोड ९० लाख पुगेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जनाएको छ । 
 
मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी उक्त विज्ञप्तिमा आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजार कार दर्ताका लागि आवेदन परेको जनाइएको छ । 
 
यस वर्ष दर्ताका लागि निवेदन सङ्ख्यामा २४.२ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । 
 
पछिल्लो समय मोटरबाट चल्ने सवारी साधनमा आएको वृद्धिले चीनको ट्राफिक समस्यामा चुनौती वृद्धि हुने मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ