arrow

विश्वकप छनोटः नेपालले पहिलो पटक टेष्ट राष्ट्र जिम्बाब्वेसँग खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
nepal-cricket-2023-06-18.jpg

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बाब्वेमा शुरु हुँदैछ । पहिलो खेलमा नेपालले आयोजक जिम्बाब्वेसँग खेल्दैछ । 

खेल हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे शुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एक दिवसीय विश्वकप छनोटमा खेल्न थालेको हो । यो नेपालको टेष्ट राष्ट्रसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल पनि हो । 

नेपाल र जिम्बाब्वेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ को ४ मार्चमा जिम्बाब्वेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । 

त्यो बेला नेपालसँग एक दिवसीय मान्यता थिएन । उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो 

नेपाली टिम तयार 
नेपाली टिम खेलका लागि तयार भएको छ । नेपालले दक्षिण अफ्रिकामा दुई वटा मैत्रिपूर्ण खेल खेलेको थियो । 

त्यस्तै जिम्बाब्वेमै भएको अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ