arrow

केपीलाई सोध्न वामदेव च्यासलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
kp-oli-bamdev-gautam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए । 

एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थियो । सो प्रावधान हटेलगत्तै आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको गौतमले बताएका थिए । 

सोमबार समाजवादी मोर्चा घोषणा हुँदै गर्दा वामदेव ओलीलाई भेट्न पुगेका हुन् । वामदेव पनि समेटिने आशामा मोर्चा रहेको छ । तर वामदेव भने सकभर एमालेमै फर्कने र उमेरको लफडा आइलागे मोर्चामा जाने रणनीतिमा रहेको बुझिएको छ । 

यता, प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।

सोमबार राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आजको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको छ ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए । आजको बैठकमा शीर्ष नेताहरुको उपस्थिति थियो । बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ