arrow

मनोमानी ढंगले खेलकुद समिति गठन गरेपछि कमलमा तनाव, अध्यक्षले मागे दुई दिनको समय 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० असार ३ आइतबार
kamal-gaupalika-2080-03-03.jpg

झापा । झापाको कमल गाउँपालिका कार्यालयको सेवा आइतबार दिउँसो  केही समय अवरुद्ध भएको छ । स्थानीय युवाहरुको एक संघर्ष समितिले गाउँपालिका कार्यालयमा ताला लगाउने तयारी गर्दा गाउँपालिकाको सेवा केही समय अवरुद्ध भएको थियो ।

आइतबार दिउँसो करिब  १२ः३० बजे स्थानीय युवाहरुले गाउँपालिकाले  केही दिनअघि मनोमानी ढंगबाट पालिकामा खेलकुद समिति गठन गरेको भन्दै युवाहरुले पालिका कार्यालयमा तालाबन्दी गर्न  पालिका परिसरमा उपस्थित भएका थिए ।

पालिकामा तालाबन्दी गर्न उपस्थित युवाहरुले तालाबन्दी गर्नु पूर्व आफूहरुले पालिकामा तालाबन्दी गर्न लागेको भन्दै कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बाहिर निस्कन अनुरोध गरेका थिए ।

युवाहरुको अनुरोधलाई स्वीकार्दै पालिकामा कार्यरत कर्मचारी कार्यालय परिसर बाहिर निस्किएका थिए ।

कार्यरत कर्मचारीहरु सेवा प्रवाह गर्न छोडेर बाहिर निस्किए पश्चात् संघर्षरत  युवाहरुले  पालिका कार्यालयमा ताला लगाउने तयारी गर्दै गर्दा पालिका अध्यक्ष हुकुम सिंह राईले युवाहरुको माग दुई दिनभित्र सम्बोधन गर्ने जनाएका थिए ।

अध्यक्ष राईको सम्बोधन पश्चात् संघर्ष समितिका युवाहरुले पालिका तालाबन्दी गर्ने कार्यक्रम हाललाई स्थगन गर्ने जनाएका थिए ।

निर्धारित समयमा आफ्ना माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम लिएर आगामी दिनमा अगाडि बढ्ने उनीहरुले जनाउँदै पालिका तालाबन्दीको कार्यक्रम हाललाई स्थगन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ