arrow

क्रिकेट ग्राउण्ड त बनाइदेऊ : चन्द्र भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
chandra bhandari.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताए ।

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए ।

उनले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद भण्डारीले भने, ‘क्रिकेट ग्राउण्ड त बनाइदेऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ ने तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ । यसलाई हामीले पाठ्यक्रममा राखि दिऊ । यिनीहरुको बारेमा विश्वविद्यलाय बनाउनू । अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाई दिउत । कहाँ-कहाँका व्यक्तिहरु आउँछन । लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस । बच्चा जन्माउने ठूलो हष्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन । के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ? मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन । ’

सांसद भण्डारीले समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहोर्‍याए । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने स्मरण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ