arrow

६ बर्षीया गायिका लोप्साङको एल्बम विमोचन

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
lopsang-chhoden.jpeg
काठमाडौं । ‘मेरो सपना’ नामक एल्बम लिएर ६ बर्षीया बालिका सागितिक आकाशमा उदायकी छिन् । सायदै यस्तो खबर सवैका लागि नौलो हुन सक्छ । राजधानीको बौद्ध आरुवारीमा वसोवास गर्ने पेम्दोर्जी शेर्पा र मिना शेर्पा तामाङकी छोरी लोप्साङ छोइड्यान शेर्पाको स्वरमा सजिएको गीति एल्बम र म्यूजिक भिडियो एक औपचारिक कार्यक्रम आयोजना गरि राजधानीमा लोकार्पण गरे । पूर्व मन्त्री कृपाशुर शेर्पा र संगीतकर्मी लाक्पा शेर्पाले संयूक्त रुपमा एल्बमको विमोचन गरे । लोप्साङको सातौं जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक भएको हो । एल्बममा  तीन वटा गीत र म्यूजिक भिडियो समावेश छन् ।
 
कार्यक्रमको आकर्षणको केन्द्रको रुपमा रहेको लोप्साङले गीत गायनले सहभागिलाई मन्त्र मुग्ध बनाए । त्यस्तै, उनले सचिन राईसँग युगल गीत समेत गाइन । जन्मदिनको अवसरमा उनले मञ्चमै केक काटिन । पहिला आमालाई खुवाएपछि बाबालाई । बाआमा दुवैले मञ्चमै हर्षको आँसु वगाए । 
 
कार्यक्रममा कलाकारहरु बुद्ध राई, एडी शेर्पा, सचिन राई लगायतले गाएर माहोल तताए । छिरिङ डोमा शेर्पासहितले नृत्य देखाए । लोप्साङको संगीतिक यात्राको सफलताको लागि सवैले शुभेच्छा व्यक्त गरे । ‘भोली मलाई आकाशको चन्द्र छुनुछ, मेरो लाली वैश र मेरी आमा (कभर सङ)’ गरी ३ वटा गीत एल्बममा समावेश छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ