arrow

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीले गुमाए विश्वासको मत

तीन सभासद् गायब भएपछि हिक्म कार्कीको गयो मुख्यमन्त्री पद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
hikmatkumar-karki-koshi-chief-minister-2080-02-32.jpg

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएका छन् । आज कोशी प्रदेश सभामा विश्वासको मत लिएका कार्कीले मत गुमाएका हुन् । 

मुख्यमन्त्री कार्कीको विश्वासको मतको पक्षमा (हुन्छ भन्ने पक्षमा) ४६ मत खसेको छ भने मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा (हुन्न भन्ने पक्षमा) ४३ मत खसेको छ ।   

९३ मध्ये ८९ सभासद् आज उपस्थित भएका थिए ।  तीन जना सभासद् गायब भएका थिए । बहुमत नपुगेपछि उनको मुख्यमन्त्री पद गएको हो । 

विश्वासको मत हिजै लिने भनिए पनि मुख्यमन्त्री कार्की नै बेपत्ता भएपछि आज विश्वासको मत लिइएको हो ।  कार्की नेतृत्वको सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी सङ्कटमा परेका थिए  । 

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।  

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने भए मध्यावधि चुनाव गर्ने भन्दै घुर्कीसमेत लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ