arrow

विकास विरोधी वडाध्यक्षले मागे अर्का वडाध्यक्षसँग घुस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
dilip-bhandari-gauradaha-3.jpg

गौरादह । झापाको गौरादह नगरपालिका वडा नं ३ का वडाध्यक्ष सोही नगरको अर्को एक वडाले सञ्चालन गर्नै लागेको विकास निर्माणको प्रारम्भिक काममा बाधक बनेर निरंकुश शैलीमा उभिएका छ्न ।

गौरादह नगरपालिका वडा न २ को ऐतिहासिक पोखरी आल्ताखाडी हुँदै सिर्जित रहेको सार्वजनिक पैनी वडा नं २ ले वडा क्षेत्रको बर्खाको समयको डुबान नियन्त्रणका लागि अस्थायी रुपमा सरसफाइ गर्ने कार्य अगाडि बढाउनै लाग्दा वडा नं ३ का वडाध्यक्ष दिलिप भण्डारीले हुल हुज्जत खडा गरी कुलो सरसफाइ कार्यमा अवरोध पुर्याएका हुन् । 

वडा नं २ ले  केही दिनअघि आल्तापैनी सरसफाइ गर्न पठाएको जेसीबीलाई केही ब्यक्तिहरुको हुलहुज्जत खडा गरी वडा नं ३ का वडाध्यक्ष भण्डारीले जेसीबीलाई काम गर्न अवरोध पुर्याएका थिए ।

यसैबीच वडा नं ३ का वडाध्यक्ष भण्डारीको उक्त गैरजिम्मेवारी शैलीलाई उधृत गर्दै वडा नं २ का बाढी पीडित स्थानीय ब्यक्तिहरुले उनको निरंकुश शैलीको विरोध जनाएका छ्न् ।

वडा नं २ ले गर्नै लागेको कुलो सरसफाइमा अवरोध पुर्याउनुका साथै वडाध्यक्ष भण्डारीले उक्त कुलो सरसफाइ गर्ने भए आफूलाई रु १० हजार दिन वडा नं २ का वडाध्यक्ष गोपाल कोइरालासँग माग गरेको खुल्न आएको छ । 

भण्डारी स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेर निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ