- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।
सङ्घीय संसद् भवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताए ।
“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उनले भने, “हामी नामकरणबाट भाग्दैनौँ ।”
गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।