arrow
ADVERTISEMENT

पहाड यो सहकार्य नै काफी हुन्छ : ओली (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
oli-land.JPG

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैङ्क’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैङ्क आवश्यक रहेको ओलीको भनाई थियो । 

मंगलबार एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैङ्क अति आवश्यक रहेको बताए । 

ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे । 

उनले भने,  ‘भूमि बैङ्कमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रूपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ । पहाड सहकार्य नै काफी हुन्छ ।' 

उनले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिर समेत गरे । त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउ विजन, मल, सिँचाइको प्रबन्ध गर्नुपर्ने ओलीले बताए । 

उनले भने,' कृषि उत्पादन ५ वर्षमा कम्तीमा असी प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पुर्‍याउन सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ