arrow

ओलीको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
kp-sharma-oli-new-2078-12-09.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् । 

उनले आज सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् ।   

अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन् ।
 
“शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !” उनले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ