arrow

नवनियुक्त मुख्यमन्त्रीले भने- चार वर्ष गठबन्धनको सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
uddhav-thapa.JPG

काठमाडौं ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् । 

मुख्यमन्त्री पदको नियुक्ति पाएपछि  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए । उनले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकाश दिने विचार राखे ।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे । 

उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप सरकारले काय गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ