arrow

कोशीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
uddhav-thapa.JPG

काठमाडौं ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । 

नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ