- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले मिटरब्याज विरुद्धको कानून पारित गराउन दबाब दिँदै प्रदर्शन गरेको छ । माइतीघरमा भेला भइ उनीहरु मार्चपासहित नयाँ बानेश्वर पुगेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले संसद अवरोध गर्ने एमाले, रास्वपा र राप्रपालाई गाली गरेका छन् । विगत एक सातादेखि नेकपा एमालेले संसद अवरोध गरिरहेको छ । संसद अवरोधकै कारण संसदमा दर्ता भएको मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएको थियो ।
मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएपछि मिटरब्याज पीडितहरुले एमालेविरुद्ध नाराबाजी गरेका हुन् ।