- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टरबाट झर्दा आफूलाई बाँच्छु जस्तो नलागेको बताएका छन् । हेलिकप्टरबाट झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामेको अनुभव सुनाएका छन् । ओली २०५२ सालमा हेलिकप्टर दुर्घटनामा परेका थिए ।
ओलीले आफ्ना जीवनका थुप्रै अनुभवहरू युट्युब च्यानलमा सेयर गर्दै आएका छन् । उनले केपी बा युट्युब च्यानल खोलेर आफ्ना अनुभवहरु सेयर गर्दै आएका छन् । ओलीले आफ्नो च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमा लेखेका छन्,' पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है।'