arrow

मिटरब्याज सम्बन्धी विधेयक आजै पास गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
parliament-2079-03-27.jpg

काठमाडौँ । मिटरब्याज पीडितलाई न्याय दिन भन्दै कानून बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक पास गर्ने समेटेको छ । 

आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याज सम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गरेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ