arrow

सागमा सहभागि हुने १२ सुटिङ खेलाडी छनोट

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
suting .jpg.jpeg
काठमाडौं । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि सुटिङ खेलाडी छनोट पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष–महिला गरी १२ खेलाडीको अन्तिम छनोट सकिएको आयोजक नेपाल सुटिङ संघले जनाएको छ । 
 
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडी सागका लागि छनोट भएका हुन् । पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे (५६९ अंक) पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ (५६६ अंक) दोश्रो र ललितपुरका असिम यादव (५६१ अंक) तेश्रो भए । 
 
सोही स्पर्धाको महिलातर्फ रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणा (३८९ अंक) पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी (३८५ अंक) दोश्रो र अस्मिता राई (३८५ अंक) तेश्रो भए । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी (५५२ अंक) पहिलो, नेपाल आर्मीका कुवेर केसी (५४८ अंक) दोश्रो र काठमाडौंका सुमन तुलाधर (५३९ अंक) तेश्रो भए ।
 
सोही स्पर्धाको महिलातर्फ सबै प्रहरीले नै बाजी मारेको छ । सविता बस्नेत (३६३ अंक) पहिलो, सीमा तुलाधर (३६० अंक) दोश्रो तथा मनीता राई (३५७ अंक) तेश्रो भए । पुरुषमा ६ सय र महिलामा ४ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । सागको पाँचौं संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ६ कांस्य जितेको छ । तस्वीर:राखेप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ