arrow

हाम्रो पार्टी एकता हुन जरुरी छ, बहुमतको पार्टी बन्छ : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
deuba-2080-02-13.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताएका छन् ।

शनिबार सुनसरी पुगेर उनले कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकताबद्ध जरुरी रहेको बताएका छन् । 

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टी भित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी एकता हुन जरुरी छ । सम्पूर्ण रूपले एकता भएको खण्डमा हाम्रो पार्टीले सबभन्दा ठूलो पार्टी छ । बहुमतको पार्टी बन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ