arrow

झापामा १२ जना डेंगी संक्रमित भेटिए 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन ८ सोमबार
Jhapa-hamrakura.jpg.jpeg

झापा ।  गर्मी र वर्षा मौसम सुरु भएयता झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ । 

स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । 

उक्त तथ्याङ्क अनुसार झापामा डेंगी रोगको संक्रमण  दिनानुदिन बढ्दै गएको देखिएको छ  । 

 पछिल्लो विवरण अनुसार झापामा श्रावण १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले  जानकारी दिएको छ  ।

संक्रमित हरू मध्ये हाल  ६ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले  जनाएको छ  । डेंगी संक्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । 

त्यस्तै बिर्तामोड  ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ