arrow

दोषी कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने हो – देवेन्द्र पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
devendra-poudel-2080-04-10.jpg

काठमाडौँ । सरकारको नेतृत्व लिएको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करीसहित भ्रष्टाचारका दोषीलाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने बताएका छन् । तर, अनुसन्धान प्रक्रियालाई नै असर गर्नेगरी विरोध जनाएको उनको भनाइ छ । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले भ्रटाचारका विषयमा कसैको अनुहार नहेरी कारबाही गर्न माग गरे । 

‘कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन । उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु,’ उनले भने । 

भ्रष्टाचार र तस्करीमा संलग्न भएकालाई कारबाही गर्न खोजेको सरकारको कामलाई समर्थन गर्नुपर्ने भन्दै उनले भने, ‘ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुशी हुनुपर्ने हो नि । सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु ।’ 

सम्पत्ति शुद्धीकरण लगायतका विषयमा पनि छानबिन हुनुपर्ने उनको माग छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ