arrow

घाँस काट्दा पहिरो खसेर दुईको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
Banfikot_Gaunpalika.png

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । 

पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने ३ बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका-७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टाईले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्य भएको हो । 

यस्तै, बाँफिकोट-७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका हुन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टाईले बताए । 

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ ।

तीनै जना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ