arrow

केपी भन्छन् – राजनीतिमा फोहर हुनुहुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
kp-sharma-oli-2080-02-25.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् । 

एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको जनाए ।

नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो । 

विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ