arrow

कोशीको कहरः सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेस नेतृत्वको सरकारलाई अवैधानिक करार गरिदिएपछि पुनः आह्वान भएअनुसार आज समयसीमा सकिँदैछ । 

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिन लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भएपछि कोशी सरकार गठनमा समस्या देखा परेको छ । 

राप्रपाले सघाउने हो भने कांग्रेसको नेतृत्वमा सरकार बनाउन सजिलो हुने थियो । तर राप्रपाले त्यो चाहेको छैन । 

गठबन्धनबाटै सरकार बनाउँदा सभामुखले राजीनामा दिएर यो सरकारलाई समर्थन गर्नुपर्ने हुन्छ । अहिलेको योजना यही नै रहेको छ । 

दुई वा दुई भन्दा बढी दलको दाबेदारीबाट सरकार गठन गर्ने सम्भावना ठूलो दलको हैसियतमा एमालेले उक्त मौका पाउन सक्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ