arrow

कोशीका सभामुख गौतमले दिए राजीनामा, उद्धव थापाले सरकारको नेतृत्वको दाबी गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । यसअघि सभामुख हुँदै मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई समर्थन गरेपछि उनी विवादित बनेका थिए । 

सोही कारण कानूनी उल्झन देखाउँदै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा सर्वोच्चले आदेश दिएपछि थापाको सरकार नै ढलेको थियो ।

कोशीमा ९३ सदस्यीय संसद रहेकामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । तर गठबन्धनसँग मात्र ४६ सांसद भएपछि माओवादी केन्द्रबाट सांसद बनेका गौतमले सभामुख पदमा रहँदा रहँदै हस्ताक्षर गरेर थापालाई समर्थन गरेका थिए । 

यो कानूनी अड्चनबीच सरकार ढलेपछि आज उनले थापालाई नै सघाउने गरी पदबाट राजीनामा दिएका हुन् । 

अब उनी नेकपा माअ‍ोवादी केन्द्रको संसदीय दलको सदस्यमात्र भएका छन् । सभामुख पद खाली भएको छ । 

गौतमले राजीनामा दिएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका सांसदहरु गरी ४७ जनाको हस्ताक्षरसहित साँझ ५ बजेभित्र सरकारको नेतृत्वका लािग प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

कोशीमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । उता कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ तथा जसपाकी एक सांसद छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ