arrow

सुदूरपश्चिम सरकारले पायो पूर्णता, तीन मन्त्रीले लिए शपथ

logo
सुनील आउजी, 
प्रकाशित २०८० साउन १७ बुधबार
sudurpachhim-pradesh-sarkar-2080-04-17.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको ७ महिनापछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र नेपाली कांग्रेसका १ मन्त्रीलाई सपथ खुवाएका छन ।  यसैगरी १ राज्यमन्त्रीलाई मुख्यमन्त्री कमल शाहले सपथ खुवाए । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । 

राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।

उनीहरू तीनै जनाको बुधबार एकैसाथ शपथ ग्रहण गरिएको हो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ