arrow

सीमामा सबैभन्दा अग्लो राष्ट्रिय झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
matihani-nagarpalika-2080-04-18.jpg

महोत्तरी । भारतको मधुवनी जिल्लासँगै जोडिएको मटिहानी नगरपालिकाले मंगलबार देशकै सबैभन्दा अग्लो झण्डा फहरायो । उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा उदघाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरी मधुवनी जिल्ला लगायत विहारका धेरै भारतीयहरुले देख्न सक्छन् ।

सीमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपिरहेको बेला मटिहानीले फहराएको झण्डा  सामान्य लागेता पनि निक्कै ठूलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ  ।

मधेसका सीमानामा रोटीबेटीको समबन्धसँगै राष्ट्रियताका सवालमा स्थानीयहरु इमानदार नभएको संगीन आरोपका बीचमा मटिहानीस्थित अग्लो पोलबाट फरफराएको झण्डाले ठूलै संकेत गरेको छ । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उद्घाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने विषयले चर्चा पाइरहेको बेला उद्घाटन पछि  मटिहानीको आकाशमा  फरफराएको नेपालको झण्डाले उत्तर पनिसँगै दिइरहेको छ । ‘यो झण्डाले कति महत्त्व बोकेको छ भन्ने सबैले विस्तारै थाहा पाउँछन्’ नगरप्रमुख मण्डलले खुशी हुँदै भने ।

उपराष्ट्रपति यादवले पनि झण्डाको उदघाटन गर्दै खुशी ब्यक्त गरेका छन् । ‘नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेसको गौरव बढाएको छ’, उनले भनेका छन् ।

ऐतिहासिक, धार्मिक नगरीको रुपमा परिचित मटिहानीले आफैँ पनि देशमा नै पृथक विशेषता बोकेको छ । शताब्दीऔँ पुरानो गुरुकुल होस् या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस् मटिहानीले अलग पहिचान बनाएको छ।

यिनै विषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाई ल्याएका छन् । 

‘त्यसैले मटिहानीमा बेला(बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो’, स्थानिय रामसेवक मण्डलले भने । उनका अनुसार नेपाल–भारतको समबन्धलाई बलियो बनाउने यसले थप मद्धत गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ