arrow

प्रकोपका कारण भद्रपुरका विद्यालय बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
eyes-checked-regularly.jpeg

झापा ।  झापा जिल्लाको भद्रपुर नगर क्षेत्रका सबै संस्थागत विद्यालयहरू आजदेखि बन्द गरिएको छ ।  आँखा पाक्ने रोगको प्रकोप फैलिएसँगै  भन्द्रपुर नगर क्षेत्रका  सबै संस्थागत विद्यालयहरू बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

आँखा पाक्ने रोग विद्यार्थीहरूमा अत्यधिक  फैलिएको भन्दै संस्थागत विद्यालयका प्रअहरु बिहीबार नगरपालिकासँग बैठक बसी छलफल गरेका थिए । 
छलफलमा साउन १९ देखि  २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधवारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाँकी रहेकोले सामुदायिक विद्यालयहरू भने  बन्द गर्ने निर्णय नभएको नगर शिक्षा शाखा राजकुमार ओडारीले जानकारी दिएका छन्  । 

आँखा पाक्ने रोगको प्रकोप बढेकोले विद्यार्थी तथा अभिभावकहरूलाई सतर्क रहन उनले आग्रह पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ