arrow

एक सय चार वर्षीया मनमायासहित तीन जना सम्मानित 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन २५ बिहिबार
manmaya-samman.JPG

झापा । झापाको गौरादहमा नेपाल महिला सङ्घको स्थापना दिवसका अवसरमा एक सय चार वर्षीया जेष्ठ नागरिक मनमाया ढकाल सम्मानित भएकी छन् । 

 सङ्घको स्थापना दिवसको अवसर पारेर झापाको गौरादह स्थित नेपाल महिला सङ्घ नगर समिति द्वारा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रमको अवसर पारेर समाजकै अग्रज जेष्ठ नागरिक मनमाया सहित अन्य तीन जना महिला हरूलाई सम्मान गरेको हो । 

 नेपाल महिला सङ्घ नगर समिति गौरादह तथा वडा समिति ४ र ५ को संयुक्त आयोजनामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य लक्ष्मी बार्हकोटी प्रसाईँको प्रमुख आतिथ्यमा गौरादह नगरपालिका वडा न ५ स्थित स्कुलचौंन सामुदायिक भवनमा आयोजित कार्यक्रममा आफ्ना बिचार राख्दै प्रमुख अतिथि प्रसाईँले आन्दोलनमा महिलाहरूले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताइन । 

 विगतका हरेक उपलब्धिहरूमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताउँदै आफूहरू कमजोर नरहेको भन्दै सबै महिलाहरू लाई हिम्मतका साथ अघि बढ्न आग्रह समेत गरिन् । साथै नेपाल महिला सङ्घले महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्रष्ट पारिन् । 

नेपाल महिला सङ्घ गौरादह नगर अध्यक्ष उर्मिला कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईँ, नेपाली कांग्रेस झापा क्षेत्र न. ५ क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नेपाल महिला सङ्घ क्षेत्रीय सभापति भीमा उप्रेती, जिल्ला सदस्य इन्दिरा पोखरेल, गौरादह नगर सभापति गोपाल कोइराला, गौरादह ५ का वडा सभापति ताराकुमार श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।



नयाँ