arrow

बामफोकले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

इलाम । आफ्नै श्रीमती ४५ वर्षीया डम्बरकुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका २ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका(७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका २ लालिखर्कबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ