arrow

प्रचण्डप्रति नेम्वाङको कटाक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
subash-prachanda.JPG

काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन् ।  उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन् । 

बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गरेका थिए । 

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन् । उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ