arrow

रुस र बेलारूस भ्रमण गर्दै चिनियाँ रक्षामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
li-shangfu-china-defence-minister.JPG

काठमाडौं ।  चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्ने भएका छन् । बेइजिङ र मस्कोबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण र फोन वार्ताबाट प्रगाढ बन्दै गएको चिनियाँ रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

हालैका वर्षहरूमा चीनले रूसद्वारा युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्न इन्कार गरेपछि सम्बन्ध चीन र रूसबीचको सम्बन्ध थप नजिकिएको छ । युक्रेनमाथि रूसले गरेको युद्धको विश्वका धेरै मुलु्कबाट व्यापक निन्दा भएको छ ।

रूसी सैन्य प्रविधि खरिदका लागि वासिङ्टनले आफूमाथि लगाएको प्रतिबन्ध नहटाएसम्म लीले अमेरिकी समकक्षीसँग भेटघाट गर्न अस्वीकार गर्दै आएका छन् ।

भ्लादिमिर पुटिनका एक सहयोगीले गत महिना रूसी राष्ट्रपति पुटिनले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको र मार्चमा राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरी दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए ।

लीले दुई नौसेनाबीच घनिष्ठ द्विपक्षीय सहयोगका लागि आह्वान गरेपछि चीन र रूसले पनि जुलाईमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

बेइजिङबाट रूसी नौसेनाका प्रमुख निकोलाई येभमेनोभसँग कुरा गर्दै लीले दुवै देशले ‘सबै तहमा सञ्चारलाई मजबुत बनाउन सक्ने’ आशा व्यक्त गरेको चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीन र रूस रणनीतिक सहयोगी हुन् र दुवै पक्षले आफ्नो साझेदारी र आर्थिक तथा सैन्य सहयोगलाई ‘नो लिमिट’ को संज्ञा दिँदै आएका छन् ।

रूसले गत वर्ष फेब्रुअरीमा युक्रेनमा सैन्य अभियान सुरु गरेपछि र त्यसपछि पश्चिमा मुलुकले लगाएको आर्थिक प्रतिबन्धपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको थियो ।

रुसी रक्षामन्त्री (सर्गेइ) शोइगु र बेलारूसका रक्षामन्त्री (भिक्टर) खरेनिनको निमन्त्रणामा स्टेट काउन्सिलर तथा रक्षामन्त्री ली शाङफु अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११औँ मस्को सम्मेलनमा भाग लिन र बेलारुसको भ्रमण गर्न रूस जानेछन् ।

लीको रूस भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा सम्बोधन गर्नुका साथै रूस र अन्य देशका रक्षा विभागका प्रमुखहरूसँगको भेटघाट पनि समावेश हुने प्रवक्ताले बताएका छन् ।

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले गत साता रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभसँग फोनमा कुरा गर्दै दुई देशबीचको ‘व्यावहारिक सहयोग’को प्रशंसा गरेका थिए । 

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेइजिङ र मस्कोले निकट रणनीतिक समन्वय कायम राख्न, विश्व बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकरणलाई बढावा दिन जारी राख्नुपर्छ ।”

रणनीतिक साझेदार रूससँग घनिष्ठ सम्बन्ध कायम राख्दै चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ पक्षका रुपमा स्थापित गर्न खोजेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ