arrow

गोर्खा सैनिकका आफन्तलाई पाँच करोड ३३ लाखसहित सम्मान [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
indian-embassy-2080-04-30 (14).JPG

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भयो । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए । 

तत्पश्चात कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको म्बोधन भिडियोमार्फत प्रस्तुत गरियो । राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरिन् । देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरिन् । 

राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन् । साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । 

उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे उल्लेख गरिन् । 

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रुपैयाँ वितरण गरी सम्मान गर्यो  । 

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरे । 

indian-embassy-2080-04-30 (1).JPG
indian-embassy-2080-04-30 (2).JPG
indian-embassy-2080-04-30 (3).JPG
indian-embassy-2080-04-30 (4).JPG
indian-embassy-2080-04-30 (5).JPG
indian-embassy-2080-04-30 (6).JPG
indian-embassy-2080-04-30 (7).JPG
indian-embassy-2080-04-30 (8).JPG
indian-embassy-2080-04-30 (9).JPG
indian-embassy-2080-04-30 (10).JPG
indian-embassy-2080-04-30 (11).JPG
indian-embassy-2080-04-30 (12).JPG
indian-embassy-2080-04-30 (13).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ