arrow

सदन खुलाउन चासोः राष्ट्रपति भेट्न केपी ओली शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
ramchandra-poudel-kp-sharma-oli-2080-04-31.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटेका थिए । 

सभामुख र राष्ट्रिय सभा अध्यक्ष नै सदन खुलाइदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ