arrow

एसियाली खेलकुदको तयारी गर्न कबड्डी टोली भारतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
kabaddi-2080-05-02.JPG

काठमाडौँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
    
खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारू, जयन्ती बडू, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णुदत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । 

त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ