arrow

सभामुखले भने-सहमति गर्नु बाहेक अर्को बाटो छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
devraj-ghimire-sabamukh.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।  आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए । उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरूको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताए ।

उनले भने, ‘संसद खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने की नखुल्ने भन्ने कुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरूसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु । प्रतिपक्षले सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन सभामुखले आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्ने कुरा नाजायज छ ? सरकारलाई सघाउन सरकारका अङ्गले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ । समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोसिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उनहरूले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरूकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ