arrow

झापाका अजयले पोर्चुगलमा गरे आत्महत्या

logo
युवराज रेग्मी,
प्रकाशित २०८० भदौ ४ सोमबार
ajaya-thapa-portugle.JPG

झापा । झापा जिल्ला गौरादह नगरपालिका वडा न.३ गुराँस चोकका  स्थानीय नारायण थापा तथा हेमा थापाका ३१ वर्षीय जेठा छोरा अजय थापाको निधन भएको छ । 

हाल वैदेशिक रोजगारीका क्रममा आफ्नो परिवार सहित विगत ६ वर्ष देखि पोर्चुगलको राजधानी लिस्बन स्थित सितेरियोस बस्दै आएका अजय थापाको यही १७ अगस्टमा निधन भएको जानकारी प्राप्त भएको छ । 

थापा बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हाम फालेर आत्महत्या गरेको गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारण आत्महत्या गरेका हुन् भन्ने विषय भने खुली नसकेको अध्यक्ष खड्काले बताए । 

साथै गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल र गैर-आवासीय नेपाली सङ्घ, पोर्चुगलले मृतकको सब नेपाल ल्याउन सहयोगको अपिल गरेको छ ।

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका कोषाध्यक्ष राजेन्द्र प्रसाद डुम्रेले जानकारी दिए अनुसार मृतक थापाको आर्थिक अवस्था कमजोर भएको भनी परिवारले गरेको आग्रह बमोजिम मृतकको शव नेपाल ल्याउने व्यवस्थापनको लागि यथाशक्य आर्थिक सहयोग गरिदिन सम्पूर्ण पोर्चुगलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गरिएको जनाएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर डटमा काम गर्दै आएका थिए । हाल प्रहरीको अनुसन्धान जारी रहेकाले उनको पार्थिव शरीरलाई लिस्बनस्थित एक अस्पतालको शव गृहमा राखिएकाले नेपाल ल्याउन केही दिन लाग्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ