arrow

कर बढाएको भन्दै कांग्रेसद्वारा खबरदारी सभा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
khabardari.JPG

झापा । झापाको गौरादह नगरपालिकाले घरजग्गा तथा अन्य कर वृद्धि गरेपछि त्यसको विरोध भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरि आर्थिक ऐन २०८० नै जारी गरि घरजग्गा तथा अन्य कर वृद्धि गरिएको विषय लाई लिएर सोमबार नेपाली  कांग्रेसको स्थानीय समन्वय तथा खबरदारी समितिले विरोध कार्यक्रमको आयोजना गरेको हो।

गौरादह नगरपालिका वडा न. ६ दामुना बजारमा गरिएको विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै  समितिका संयोजक तथा गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहले अस्वाभाविक करको दर वृद्धि गरी आम नागरिकको ढाड सेक्ने काम गरेको भन्दै त्यसलाई संशोधन गर्न नगरपालिका लाई आग्रह गरेका थिए । 

साथै अघिल्लो आर्थिक वर्ष ८९/८० कै कर यथावत् कायम गर्न जोडदार माग समेत गरेका थिए । विरोध तथा खबरदारी सभामा कांग्रेस नेताहरू वीरबहादुर प्रसाईँ , सिताराम भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

कर वृद्धिकै विषयमा नेपाली कांग्रेस गौरादह, रास्वपा, राप्रपा लगायतका दलहरूले नगरप्रमुख छत्रपति सुवेदीलाई केही दिन अघि नै ध्यानाकर्षण पत्र समेत बुझाइसकेका छन् ।

साथै नगरका ९ वटै वडामा वडा समिति मार्फत ध्यानाकर्षण पत्र बुझाइसकिएको  नेपाली कांग्रेसको खबरदारी समितिका सचिव ई. भानु आचार्यले जानकारी दिए ।

स्थानीय तहले कर वृद्धि गरेकै विषयमा झापामा कन्काइ , बिर्तामोड लगायतका पालिकाहरूमा पनि विरोध हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ