उधारोमा सुन तस्करी छानबिन गर्न आयोग बन्ने सहमतिसँगै हट्यो संसद अवरोध [सहमतिपत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
1.1k
Shares
काठमाडौँ । अवैध सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसदका दुवै सदन चल्न नदिने अडान लिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः उधारो सहमति गर्दै संसद खोल्न सहमत भएको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएर बाहिरिएको ६० किलो अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।
उक्त सुनको गहिरो अनुसन्धानका लागि एमालेले साउन १० गतेदेखि नै उच्च स्तरीय छानबिन समिति बनाउन माग गदै संसद अवरुद्ध गर्दै आएको थियो ।
तर लामो समयको सत्ता र प्रतिपक्ष दलहरुको अडानबीच आज बसेको बैठकमा सहमति भएसँगै संसद खुल्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति भएसँगै संसद खुल्नेछ । सहमति अनुसार असोज ५ मा आयोग गठन गरी सोही दिनदेखि छानबिन आयोगले काम थाल्ने छ ।