यस्ता कुराहरूबाट नेपाली समाज सजग हुनुपर्दछ : ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
1k
Shares
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौ हत्याको विषयमा नेपाली समाज सजग हुनुपर्ने बताएका छन् ।
उनले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए ।
उनले भने – ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढङ्गले नेपाली समाजलाई भाँड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरूबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिँदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’