arrow

धार्मिक पर्यटन महोत्सवबाट करिव ३१ लाख सहयोग संकलन

logo
कौरव खत्री,
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी ।  गुल्मीको पुर्तिघाटमा सञ्चालन भइरहेको  धार्मिक पर्यटन महोत्सवको सातौ दिन सम्म विभिन्न शिर्षकमा करिव ३१ लाख सहयोग जुटेको छ । महोत्सवको सातौ दिन सम्म विभिन्न शिर्षक अन्तर्गत  आयोजक सदस्य शुल्क मार्फत ११ लाख, ११ हजार, १ सय ११ रुपैया,दान सहयोगबाट ११ लाख यस्तै शान्तिकलशबाट ६ लाख र लक्ष्यदिप प्रज्वलनबाट २ लाख,२२ हजार गरि कुल ३० लाख,३३ हजार,१ सय ११ रुपैया रकम सहयोग प्राप्त भएको महोत्सवका  प्रचार–प्रसार संयोजक अग्निधर पराजुलीले  जानकारी दिए ।  
 
महोत्सवबाट संकलित रकमले पुर्तिघाटमा अत्याधुनिक सुविधा सम्पन्न अतिथि आश्रम निर्माणको भवन निर्माण गर्ने लक्ष्य सहित पुर्तिघाट क्षेत्र वरिपरिका रहेका धार्मिक,सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गरि पर्यटन प्रर्वद्धनमा सहयोग,कालिगण्डकीको व्यापक प्रचार–प्रसार गदै समग्र कालिगण्डकीलाई पर्यटन व्यवसायका रुपमा स्थापित गर्ने तथा धार्मिक जागरण गराउदै  पहिलोपल्ट पर्यटन व्यवसायको संरक्षण र विकास एवं पचार–पसारको लागि गत कार्तिक १ गते देखि  ९  गते सम्म धार्मिक पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव  पर्सि अर्थात यहि ९ गते सम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ